दफा २४
आधिकारिक तथ्याङ्क मानिने
(१) राष्ट्रिय मानक र गुणस्तर कायम भएका देहायका तथ्याङ्कलाई आधिकारिक तथ्याङ्क मानिनेछ:-
(क) कार्यालयले, गरेका गणना वा सर्वेक्षणबाट प्राप्त तथ्याड्ड,
(ख) ऐनको दफा ३ को उपदफा (२) बमोजिम अन्तरप्रणाली आबद्धता कायम गरी प्राप्त भएको तथ्याइ,
(ग) ऐनको दफा ७ बमोजिम कुनै सरकारी निकाय वा सार्वजनिक संस्थाले सङ्कलन गरेको तथ्याङ्क वा त्यस्तो निकायको प्रशासनिक अभिलेख तथा अन्य स्रोतबाट उत्पादित तथ्याङ्क,
(घ) ऐनको दफा ९ बमोजिम कार्यालयले प्रमाणित गरेको तथ्याङ्क,
(ङ) परिषद्ले निर्धारण गरेको मापदण्डको अधीनमा रही कार्यालयले तोकेका अन्य तथ्याङ्क ।
(२) सरकारी निकाय वा कुनै संस्थाले नीति, योजना तथा कार्यक्रम निर्माण गर्दा वा तथ्याङ्कीय क्रियाकलाप गर्दा आधिकारिक तथ्याङ्कको प्रयोग गर्नु पर्नेछ।
(३) तथ्याङ्क प्रयोगकर्ताले आधिकारिक तथ्याङ्कको प्रयोग गर्दा त्यसको स्रोत खुलाउनु पर्नेछ।